गगन थापाको चेतावनी, ‘सभामुख तटस्थ नबसे भोली संसदमा मुठभेड हुन्छ’

गगन थापाको चेतावनी, ‘सभामुख तटस्थ नबसे भोली संसदमा मुठभेड हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन् ।

नेता थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरेर संसदीय मूल्य मान्यता विपरितको गतिविधि गरिरहेको उल्लेख गर्दै मान्य नहुने स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास सभामुखबाट भएको उल्लेख गर्देै असन्तुष्टि व्यक्त गरे । सभामुख महरा मन्त्रीहरुको इशारामा चल्ने गरेको उनको आरोप छ ।

नेता थापाले भोलि माघ ११ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख महराले आफूहरुसँग परामर्श गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने विश्वास व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न पनि सरकारलाई पुनः दवाव दिए । नु भयो ।

Logo