काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानलाई थप ४ दिन म्याद भएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद हद ९० दिन रहेकामा मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासको इजलासले लामिछानेसमेत ५ जनालाई थप ४ दिन म्याद थप गर्ने आदेश दिएको हो।
उनलाई योसहित नवौँ पटक म्याद थप भएको हो । शुक्रबार ४ दिन म्याद समेत सकिने भएपछि आइतबार मात्र उनलाई अदालतमा फेरि उपस्थित गराइनेछ। त्यसबेलासम्म सम्भवत अभियोगपत्र दायर हुनेछ । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ ।
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।





























प्रतिक्रिया