चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् ।

बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo