एक वर्ष भित्र किसानलाई मलको अभाव हुन दिन्नः कृषिमन्त्री खनाल

एक वर्ष भित्र किसानलाई मलको अभाव हुन दिन्नः कृषिमन्त्री खनाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए ।

राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पारे । मन्त्री खनालले आफूले दुधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दावी पनि गरे ।

कार्यक्रममा बोल्दै पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषिसम्बन्धि नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गरे ।

उनले कृषि गतिविधिमा प्रत्यक्ष असर पार्ने खालका नीति, नियम बनाउन पनि आयोगलाई सुझाव दिए । पूर्व कृषिमन्त्री गजुरेलले किसान आयोगले किसानहरुको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

Skip This
Skip This
Logo