राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।

उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुसूचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदि यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’

साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतीहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।

यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन् ।

उनले हरेक व्यवसायी पत्रकारहरुका लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशील रहेने बताएकी हुन् ।

उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने छौं । हरेक व्यवसायी पत्रकारहरुका लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशील रहेर काम गर्ने छौं ।’

साथै, उनले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैं लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताइन् ।

Logo