एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छः मन्त्री गुरुङ

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय बढी लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं ।’

उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्‍यो भन्ने गलत प्रचार भएको छ ।

उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एकपछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबिन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने हाम्रोलाई मात्र गर्‍यो, आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खाली रास्वपालाई मात्र गर्‍यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।

उनले भने, ‘मूलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिवद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर केही काम भएको छैन । यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’

Logo