काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् ।
सञ्चारिका समूहले आयोजना गरेको बुधबार एक विशेष समारोहकाबीच उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन् ।
उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झण्डै दुई तिहाईको सरकार बनेको छ । यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिती हुँदैन । त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो ।’
साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए । उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे ।































प्रतिक्रिया