काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । अचानक दम बढेपछि वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।
बिहीबार १३२ औँ माओ दिवसका अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका उनलाई पुरानै रोग अर्थात् दम बढेपछि अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।





























प्रतिक्रिया