सहकारी अध्यादेश रवि लामिछानेलक्षित रहेको रास्वपाको निष्कर्ष

सहकारी अध्यादेश रवि लामिछानेलक्षित रहेको रास्वपाको निष्कर्ष

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले हालै ल्याएको सहकारीसम्बन्धी अध्यादेश पार्टी सभापति रवि लामिछानेलक्षित रहेको निष्कर्ष निकालेको छ ।

शनिबारबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको केन्द्रीय समितिको बैठकमा सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल भएको थियो, जसमा हाल सहकारी ठगीमा प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी अध्यादेश ल्याइएको ठहर गरेको हो ।

अध्यादेशमार्फत सरकारले आफू र आफू निकटकालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको र रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको बैठकको दाबी छ ।

Logo