नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको हिजोदेखि (आइतबार) सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका छन् ।

Logo