काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान्न आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले अब सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौति दिनका लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउनेगरी काम गर्नुपर्ने बताए ।
उनले भने,‘अहिले सहकारीहरू एउटै खाले हुन् । सहकारी ठीक छैनन । अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरूलाई चुनौति दिनका लागि र सहकारी ठीक छन् ,वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं । अनि व्यवसाय निर्माण गछौं । त्यसकारण हामी सहकारीमा फिजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’
उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरू अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन, हामी सबल भएका छौँ । हामीले पनि पहल गर्नुपर्छ ।’





























प्रतिक्रिया