काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले सामुहिक रूपमा एमाले त्यागेका छन् । उनीहरूले एमालेभित्र आफूहरू अपमानित भएकाले नेकपा एमाले परित्याग गरेको जनाएका छन् ।
तत्कालीन नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किंदा आफूहरू एमालेमै रहेको तर पूर्वमाओवादी भएकाले पार्टीभित्र अपमानित भएकाले राजीनामा दिएको उनीहरूलेउल्लेख गरेका छन् ।
उनीहरूले नगर अध्यक्षलाई सम्बोधन गरी सामुहिक राजनीमा दिएका हुन् ।





























प्रतिक्रिया