काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडामाथि बैठक चलाउन नजानेको भन्दै नेपाली कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न उठाएका छन् ।
सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभनको स्थिती पैदा भएको हो । बैठकमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीको छलफल भइरहेको थियो ।
सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएका थिए । थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए । तर, त्यति नै बेला खतिवडाले हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए । त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका हुन् ।































प्रतिक्रिया