काठमाडौं । नेकपा एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहीं कतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।
उनले भने,‘बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको छ । अध्यक्षबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिबेदनमाथि छलफल जारी छ । मुलतः सरकारको प्रभाबकारीता र पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड दिइरहनु भएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहीं कतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत जोड दिएको छ ।’
साथै उनले आफ्नो इच्छा पूरा गर्नको निम्ती विभिन्न स्वार्थ समूहहरु बनाएर पार्टीको नेतृत्व विर्गान नहुने पनि बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जाेड बताए ।





























प्रतिक्रिया