काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताएका छन् ।
केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताएका हुन् ।
वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले सङ्कटको सामना गर्ने वैचारिक सामर्थ्य एकीकृत समाजवादीसँग रहेको बताए । उनले भने, “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरूले पत्याउँछन् ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताए ।





























प्रतिक्रिया