गृह मन्त्रालयका १२ सहसचिव र उपसचिवको सरुवा

गृह मन्त्रालयका १२ सहसचिव र उपसचिवको सरुवा

केन्द्रबिन्दु
153
Shares

काठमाडौँ । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौँसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएको छ ।

सरुवा सूचीअनुसार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि सरुवा भएको छ । यस्तै, मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Skip This
Skip This
Logo