काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरूलाई संविधान संशोधनमार्फत गर्ने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए ।
उनले भने,‘मुलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीका बीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तरनिहित कमजोरीका कारणले भएको छन् र कति संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरूका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’
त्यस्तै, उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहीँ पुग्न नसकिने धारणा राखे ।































प्रतिक्रिया