जिम्मेवार दलहरू नै संघीयताप्रति उदार छैनन्ः महामन्त्री थापा

जिम्मेवार दलहरू नै संघीयताप्रति उदार छैनन्ः महामन्त्री थापा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महाहन्त्री गगनकुमार थापाले कुनै पनि राजनीतिक दलहरू संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।

उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौँ र लिएका छौँ, कोही पनि संघीयताप्रति उदार छैनौँ । एकदमै अनुदार छौँ । यसमा रुची छैन । मैले नयाँ दलहरू पनि हेरेँ, क्षेत्रीय दलहरू पनि हेरेँ । जसले बाहिर जे–जे भने पनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्त्व रहेको बताए । उनले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए ।
उनले भने,‘संघीयताको विषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौँ । दुवै आन्दोलनको महत्त्व ठूलो छ । तर अलिक फरक रूपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’

Logo