पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले मंगलबार दिउँसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रस्वपाका नेता तथा कार्यकर्ताहरूले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अदालत अगाडि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर पत्रकारहरूलाई समेत अलमलमा पारेर लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की जिल्ला अदाता अगाडि उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकार र प्रमविरुद्ध नाराबाजी गरेका हुन् ।
सोही समूहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए । उक्त प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरूले वर्तमान सरकारको राजीनामा पनि माग गरेका थिए ।
राष्ट्रिय स्वन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले अदालत अगाडि सरकारविरुद्ध नाराबाजी गरेर शहीदचोक पुगेपछि जम्मा भएका सूर्यदर्शन सहकारी पीडितहरू जिल्ला अदालत अगाडि जम्मा भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको चर्को विरोध गरेका थिए ।
उनीहरूले अदालतमा मुद्दा चलिरहेका बेला कसैले अदालतको काम कारबाहीलाई प्राभाव पार्न नहुने जिकिर गरेका थिए ।































प्रतिक्रिया