बीपी कांग्रेसले भन्यो – पार्टी परित्याग गरेका भनिएकाहरू सदस्य नै होइनन्

बीपी कांग्रेसले भन्यो – पार्टी परित्याग गरेका भनिएकाहरू सदस्य नै होइनन्

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । बीपी कांग्रेसको नाम जोड्दै त्यसका पदाधिकारीद्वारा पार्टी परित्याग गरेको समाचारप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बीपी कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस २२ गते देशका विभिन्न समाचारपत्र र न्यूज पोर्टल लगायत अन्य सञ्चार माध्यममा १२ जनाले पार्टी परित्याग गरेको भन्दै प्रकाशित समाचारमा सत्यता नरहेको जनाएको हो ।

बीपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपसभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य भनी समाचारमा उल्लेख भएका व्यक्तिहरू २०७२ माघ १४ र १५ गते बसेको केन्द्रीय समितिको एघारौँ बैठकको निर्णय र २०७९ माघ १५ को केन्द्रीय पदाधिकारी बैठकको निर्णयअनुसार उनीहरू ती पदमा नरहेको जानकारी गराएका छन् ।

केन्द्रीय समिति सदस्य भनिएका अन्जन लामा, यमबहादुर आले पार्टीमा आवद्ध नरहेको उनले बताएका छन् । ‘उपसभापति भनिएका विष्णु ढकाल २०७९ जेठ २२ गते नै पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा स्वीकृत गरिएका पात्र हुन् भने भरत शर्मा २०७८ चैत १७ बाटै पार्टी सम्पर्कभन्दा बाहिर रहेको थिए । गोविन्दप्रसाद शर्मा, भक्तराज भूसाल र शिवप्रसाद सिमखडाको हकमा पदीय जिम्मेवारी पूरा नगरी पार्टी हितविपरीत कार्य गर्दै आएकोमा मिति २०८१ पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार निजहरूलाई स्पष्टीकरण सोधी कारबाहीको प्रकृया अगाडि बढाइरहेको अवस्थामा पार्टी परित्याग गरेका हुन् भने अर्का पुष्पराज पराजुलीले अन्य पार्टी प्रवेश गरेको समाचार अनुसार हाम्रो पार्टीले नै निजलाई कारबाही स्वरूप साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।’ उनले भनेका छन् ।

उनले समाचारमा उल्लिखित पात्रहरू पार्टीको तर्फबाट निर्वाचन आयोगमा समेत नरहेको तर जालसाजीपूर्ण तरिकाले पदाधिकारी हुँ भन्दै अर्को पार्टीमा ठूलो पदका आकांक्षी तथा आफ्नो विगत ढाकछोप गर्ने पात्रहरू रहेको बताएका छन् ।

Logo