मन्त्री पाण्डेलाई मन्त्रालयगत नीति निर्माणमा एमाले र कांग्रेसको साथ

मन्त्री पाण्डेलाई मन्त्रालयगत नीति निर्माणमा एमाले र कांग्रेसको साथ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन् । बुधबार भएको छलफलका क्रममा उनले कानुनी शासनको बाटोमा डोर्‍याउन मौजुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तीव्रता दिएको बताए ।

यसैबीच मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेको छ । उनले भने, ‘शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् । तिनीहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ । पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन् ।’

उनले नीतिगत रूपमा कहाँ त्रुटि छन् त्यसको पहिचान गरी राजनीतिक दलको सक्रिय सहभागिता र सुझावका आधारमा अन्तिम रूप दिने काम भइरहेको बताए ।

Skip This
Skip This
Logo