राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा अन्य नेता कार्यकर्ताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। शनिवार ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा (राप्रपा)का अध्यक्ष लिङ्देन र अन्य नेता कार्यकर्ताले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका हुन्। साथै सालिकमा पुष्प गुच्छा पनि अर्पण गरिएकाे थियाे। साेही अवसरमा राप्रपाका कार्यकर्ताहरूले सिंहदरबार अगाडि गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावादको नारा लगाएका थिए।















































प्रतिक्रिया