कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रम गर्ने

कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रम गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाली कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ,अहिले संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशिघ्र टुंगोमा पुगाउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ। विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ।’ शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका वेला नीति र प्राथमिकतामा पनि रूपान्तरण महसुस गरेको कांग्रेसले जनाएको छ ।

Logo