काठमाडौँ । सोमबार पाँच वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ ।
यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आव २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्दै छ ।
यस्तै, न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान साढे १० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।
आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दै छ । बैठक अपराह्न १२ः३० बजे बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४ औँ बैठक आज बस्दै छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदै छ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ ।





























प्रतिक्रिया