वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा ललित केसी पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा ललित केसी पक्राउ

केन्द्रबिन्दु
513
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अगाडि हातपात गरिएको थियो । हातपातमा संलग्न बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Logo