काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकले विगतको तुलनामा विपत् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरु तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरुको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताएका हुन् ।
उनले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपत्कालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।





























प्रतिक्रिया