केन्द्रबिन्दु बुलेटिन : नेकपा सचिवालय बैठक तीन दिन पर धकेलियो (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेकपा सचिवालय बैठक तीन दिन पर धकेलियो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक औपचारिक छलफल नभई स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलका अनुसार अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंसिर २० गतेका लागि बैठक सारिएको हो । यता, बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि २१ गतेका लागि सारिएको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

पुल उद्घाटनका लागि तनहु पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो । निषेधाज्ञा तोडेपछि पौडेललाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए । भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको प्रजिअको भनाई छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताएका छन् । बुधबार उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्नका साथै नीजि क्षेत्रको मनोबल उच्च हुने गरि सरकारले काम गर्नु पर्ने माग राखेपछि अर्थमन्त्री पौडेलले नीजि क्षेत्रका पक्षमा यस्तो बताएका हुन् ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो पटक गोल्डेन फुट अवार्ड हात पारका छन् । रोनाल्डोले अवार्डका लागि मनोनयमा परेका मेस्सी, लेवान्डोस्की, सलाह, नेयमार लगायतका ९ खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ । योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ । बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो ।

Logo