प्रधानमन्त्रीलाई फोरमको ११ बुँदे स्मरण पत्र

प्रधानमन्त्रीलाई फोरमको ११ बुँदे स्मरण पत्र

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे स्मरण पत्र बुझाएको छ।

पत्रमा दुई तिहाइ समर्थन प्राप्त सरकारका कामबारे समीक्षा र विश्लेषण गर्न पनि माग गरिएको छ। पार्टी महासचिव रामसहाय प्रसाद यादवले हस्ताक्षर गरेको स्मरण पत्रमा मुलुकको विद्यमान समस्या हल गर्न नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम दुवै पार्टीका बीचमा संयुक्त कार्यदल बनाइ काम गर्नुपर्ने उल्लेख छ।

साथै ऐन, कानुन बनाउँदा संघीय गणतन्त्र मजबुद हुने गरी बनाउन पनि भनिएको छ। ‘मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासन प्रत्याभूति गराउन’ माग गरिएको हो ।

Logo