नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसद थपिएका छन्।
सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चार जना सदस्य थप गरेका हुन् । मनोनित हुने सदस्यहरुमा उमेश श्रेष्ठ (ललितपुर), डा. डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डि.सी. चौधरी (दाङ) रहेका छन्।
काँग्रेसको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिमलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।































प्रतिक्रिया