दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने छ : मन्त्री भट्टराई

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने छ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
21
Shares

रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हिमाली १० जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छिन् ।

पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन्।

ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् ।  सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनको दावी छ ।

विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने आश्वासन दिनुभयो ।

Skip This
Skip This
Logo