महेश बस्नेतको टिप्पणी- केजरीवालजस्तै रवि र रास्वपाको विलय हुनेछ

महेश बस्नेतको टिप्पणी- केजरीवालजस्तै रवि र रास्वपाको विलय हुनेछ

केन्द्रबिन्दु
213
Shares

काठमााडौं । भारतको नयाँ दिल्लीमा जारी विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले लज्जास्पद हार व्यहोर्ने पक्का भएपछि यसको चर्चा नेपालमा पनि चल्न थालेको छ ।

आपका संस्थापक एवं पूर्वमुख्यमन्त्रीसमेत रहेका केजरीवालले नै हार व्यहोरेसँगै आपले सत्ताबाट हात हुनुपरेको छ र बहुमत तर्फ अघि बढिरहेको भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा २७ वर्षपछि सरकार बन्ने देखिएको छ ।

यसै प्रसंगलाई लिएर नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कडा टिप्पणी गरेका छन् । लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको भन्दै उनले भनेका छन्, ‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ।’

उनले थप लेखेका छन्, ‘केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ।’

Logo