गुल्मी । सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गरेका छन् ।
आज विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा सांसद भण्डारीले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न हुँदैन भने ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए ।
सांसद भण्डारीले रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका थिए ।





























प्रतिक्रिया