नयाँशक्तिको नेतृत्व चयन हुदै, अध्यक्षमा बाबुराम चुनाव लड्ने उपाध्यक्षमा मानुषी निर्विरोध

नयाँशक्तिको नेतृत्व चयन हुदै, अध्यक्षमा बाबुराम चुनाव लड्ने उपाध्यक्षमा मानुषी निर्विरोध

केन्द्रबिन्दु
459
Shares

काठमाण्डौं । पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नेतृत्व चयनका लागी मतदान हुने भएको छ ।

अध्यक्षमा डा. बाबुराम भट्टराई र कास्कीका नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ । आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनले नेसपा (नयाँशक्ति) को ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । समावेशी अन्तर्गत भट्टराई महिला क्लस्टरबाट निर्वाचित भएकी हुन् ।

एक महासचिवका लागि तीन जना र तीन सचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

Skip This
Skip This
Logo