अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ -श्याम घिमिरे

अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ -श्याम घिमिरे

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर कसैले पनि विरोध गर्न नपर्ने धारणा व्यक्त गरे ।

“आर्थिक विकास, लगानी प्रोत्साहन, सुशासनलाई गति दिन एवं भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अध्यादेश आएको हो”, कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने । उनले सदनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र आमजनताको बढीभन्दा बढी समर्थनमा संविधान संशोधन गरिने स्पष्ट पारे ।

Skip This
Skip This
Logo