ताप्लेजुङवासीले केवलकारको आवश्यकता महसुस गरेका छन्, राजनीतिकरण नगरौं -सांसद लीलादेवी बोखिम [भिडियो]

ताप्लेजुङवासीले केवलकारको आवश्यकता महसुस गरेका छन्, राजनीतिकरण नगरौं -सांसद लीलादेवी बोखिम [भिडियो]

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले पाथीभरा केवलकार निर्माणको विषयलाई राजनीतिकरण गरेर विवाद सिर्जना गर्न आवश्यक नरहेको बताएकी छिन् ।

पछिल्लोसमय पाथीभरा केवलकार निर्माण विवादको विषयलाई समाधान गर्न सरकारले वार्ता टोली गठन गरेर अगाडि बढाइसकेकाले ‘नो केवलकार’ समूहले सकारात्मक रुपमा वार्तामा सहभागी भएर विवाद टुङ्ग्याउनु आवश्यक रहेको उनको भनाई छ ।

केन्द्रबिन्दुसँगको संवादका क्रममा ताप्लेजुङको प्रतिनिधित्व गर्ने सांसद बोखिमले भनिन्, ‘ताप्लेजुङबाहिर बसेर पाथीभरामा केवलकार बन्नुहुँदैन भनेर टिप्पणी गर्नुको कुनै तुक छैन । केवलकारको महशुस ताप्लेजुङवासीले गरेका छन् । त्यसैले विरोध गरेर भन्दा पनि ताप्लेजुङवासीको आवश्यकता अनुसार विकासतर्फ लम्किनुपर्छ ।’

उनले थपिन्, ‘पाथीभरामा केवलकार निमार्णपछि ताप्लेजुङवासीको आर्थिक, पर्यकीय, रोजगारीको विकास हुने भएकाले आवेशमा आएर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नुभन्दा सम्बन्धित निकायसँग वार्ता गरेर टुङ्ग्याउनुपर्छ । पाथीभरामा केवलकार निर्माण भयो भने विकासका लागि ताप्लेजुङवासीले कुनै मन्त्रीको ढोका ढकढक्याउनु पर्ने अवस्था आउँदैन, यो कोशेढुंगा सावित हुन्छ । विकास निर्माका काममा अवरोध सिर्जना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जान्छ । त्यसैले सकारात्मक ढङ्गबाट अगाडि बढ्न म ‘नो केवलकार’ समूहसँग आग्रह गर्न चाहन्छु ।’

Skip This
Skip This
Logo