काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
स्वर्णलक्ष्मी सहकारीको विचाराधीन मुद्दामा लामिछाने पहिलो तारिखका लागि हाजिर भएका हुन् । उनी पत्नी निकितासहित अदालत पुगेका थिए । स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रुपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ विरुद्ध मुद्दा दायर भएको थियो ।
यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी त्यसअघि कास्की अदालतबाट ६५ लाख धरौटी र त्यसपछि रुपन्देहीमा एक करोड धरौटीमा रिहा भइसकेका छन् । त्यसपछि चितवनमा पनि उनी धरौटीमै छुटेका छन् । सांसद पद पनि निलम्बन भएकाले हालको उनको दिनचर्या तारिख धाएरै वितिरहेको देखिन्छ ।





























प्रतिक्रिया