लोकतन्त्रलाई बलियो बनाउन देशमा सम्भावना र अवसर आवश्यक छः गृहमन्त्री लेखक

लोकतन्त्रलाई बलियो बनाउन देशमा सम्भावना र अवसर आवश्यक छः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले डेमोक्रेशि अराजकताको होईन्, अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताएका हुन् । उनले भने, ‘डेमोक्रेसी भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होइन भन्ने कुरा बुझ्न जरुरी छ । अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी नै हुन्छ । किनभने डेमोक्रेसीले दिनुपर्यो, बाँड्नु पर्यो । डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो । लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छन् ।’

यसको साथै उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरु देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरु प्रचार गर्ने, समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ । यस्तो कुरामा पनि सचेत हुनुपर्छ । हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढिकरण आजको आवश्यकता हो ।’

यसको साथै, सुदूरपश्चिममा समस्या छ, समस्या छ भनेर मात्र होइन अब सम्भावना छ भनेर अगाडि बढ्नुपर्ने भन्दै मुलुकको प्रत्येक क्षेत्रमा सुदूरपश्चिमको योगदान रहेको उनको भनाई छ ।

गृहमन्त्री लेखकले भने, ‘अब सुदूरपश्चिम समस्या छ, समस्या छ भनेर मात्र होइन सम्भावना छ भनेर अगाडि बढ्नुपर्छ । किनभने सम्भावना पनि सुदूरपश्चिममा नै छ । सुदूरपश्चिममा जस्तो सम्भावना अरु कतै छैन । पर्यटक, भौगोलिक, रमणियता अथवा विकासको सम्भावना सुदूरपश्चिममा नै सबैभन्दा धेरै छ यसको साथै जनशक्तिको सम्भावना पनि छ । सुदूरपश्चिमले मुलुकको प्रत्येक क्षेत्रमा योगदान गरेको छ ।’

Skip This
Skip This
Logo