बरहथवा (सर्लाही) । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन् ।
आज सर्लाहीको हरिपुरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम सङ्घ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब कांग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताएका हुन् ।
उनले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गरे । नेपाल मुस्लिम सङ्घले समयमै अधिवेशन गरेर कांग्रेस सम्वद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उनले प्रशंसा गरे ।
संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।































प्रतिक्रिया