पोखरीयाको बिकासमा ५० करोड बराबरको सहयोग गरिने : मन्त्री गुप्ता

पोखरीयाको बिकासमा ५० करोड बराबरको सहयोग गरिने : मन्त्री गुप्ता

केन्द्रबिन्दु
24
Shares

पर्सा । समृद्ध नेपाल, खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएका छन् ।

पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको क्रममा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले ग्रामिण क्षेत्रका जनताको आज दिन निकै खुशिको दिन भएको बताए ।

१४ किलो मिटर यात्रा तय गरि बिभिन्न काम लिएर वीरगञ्ज सम्म जानु पर्ने बाध्यता आजबाट समाप्त भएकोले अब पोखरीया सहित ग्रामिण क्षेत्रमा बिकासको काचुलि फेरिने पनि मन्त्री गुप्ताको भनाई छ ।

बिकासको काममा नेपाली काग्रेससंग सहकार्य गर्न पनि पोखरियाका नगर प्रमुखसंग बिशेष अपिल गर्दै मन्त्री गुप्ताले ईलाका प्रशासनको सेवा केन्द्र पनि छिटै संचालन गर्ने प्रतिब्द्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भारत सरकारको सहयोगमा ३५ करोडको बिकासको योजना संचालन गरेको बताए ।

पोखरिया सहित बिभिन्न तिनवटा सडक निमार्णमा बजेट बिनियोजन गरेको पनि बताए । केहि दिन भित्र भारत सरकारको परियोजना जस्तै चिन सरकारको सहयोगमा १४ अर्बको बिकासको कार्यक्रम ल्याउने सो मध्य ५० करोडको कार्यक्रम पोखरिया प्रदान गर्ने पनि बताए ।

मन्त्री गुप्ताले आफुले चुनावको बेला गरेको प्रतिब्द्धताहरु पुरा गर्न हरसम्भव प्रयत्न गर्ने बताए ।

Logo