पाथीभरा केवलकार निर्माण विवाद : सांसद खतिवडा भन्छन् – स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निस्कर्षमा पुग्नु पर्दछ

पाथीभरा केवलकार निर्माण विवाद : सांसद खतिवडा भन्छन् – स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निस्कर्षमा पुग्नु पर्दछ

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पाथीभरामा केवलकार निर्माणमा भइरहेको विवाद समाधान गर्न स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदबीच भएको छलफलपछि प्रतिक्रिया दिँदै खतिवडाले विकास निर्माणको कार्य कुनै पनि बहानामा रोक्न नमिल्ने बताएका हुन् ।

केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने पनि खतिवडाको भनाइ छ । विवाद उत्पन्न भएमा वार्ताबाटै समाधान गर्नुपर्ने खतिवडाको धारणा थियो । ‘विकास निर्माणका काम अवरुद्ध गर्न मिल्दैन, जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका माग के(के छन्, स्थानीय तहमा सम्बोधन हुनुपर्‍यो । स्थानीय तहका मान्छेलाई बाहिरका मान्छेले उचालेर, स्थानीयभन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ ।’

सरकारले विवाद उत्पन्न भएमा वार्ताबाट समस्याको समाधान हुनुपर्ने खतिवडाको धारणा थियो । ‘सरकारले जबर्जस्ती पेलेर जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ,’ उनले भने ।

Skip This
Skip This
Logo