‘विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’ -शेखर कोइराला

‘विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’ -शेखर कोइराला

केन्द्रबिन्दु
42
Shares

भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन‍् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे ।

नेता कोइरालाले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

Skip This
Skip This
Logo