युवाको चौतर्फी विकासमा सरकारले हरसम्भव सहयोग गर्नेछ -प्रधानमन्त्री ओली

युवाको चौतर्फी विकासमा सरकारले हरसम्भव सहयोग गर्नेछ -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।

‘तपाईंहरुमाथि तपाईंको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ’, सेवा दलका प्रमुख संरक्षकसमेत रहेका उनले भने ।

प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा/छात्रालाई शुुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।

Logo