एमालेले पाथीभरा केवलकार निर्माणको विवाद सुल्झाउन प्रक्रिया थाल्ने

एमालेले पाथीभरा केवलकार निर्माणको विवाद सुल्झाउन प्रक्रिया थाल्ने

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केवलकारबारे उत्पन्न विवाद सुल्झाउन छलफल अघि बढाउने भएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले केवलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो । स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा बैठकले चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यो विवादमा नो केवलकार समूहसँग वार्ता गर्न सरकारले सहसचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरेको छ । वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ । तरपनि सहमति नजुट्दा पटकपटक झडप हुँदै आएको छ ।

Logo