देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छः महासचिव विप्लव

देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छः महासचिव विप्लव

केन्द्रबिन्दु
27
Shares

कर्णाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा महासचिव विप्लवले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताएका हुन् । उत्पादनसँग जोडिएको पार्टीको अभियानअन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेत आई पुग्नुभएका उनले गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव नभएको तर्क गरे ।

उनले भने, “उत्पादनविनाको सुखभोग गर्नु कि भ्रष्टाचार हो कि त भने शोषण गर्नु नै हो । अब उत्पादन अभियानमा जोडिनुको विकल्प छैन । हरेकले पहिलो आफ्नो पार्टी, नेता, कार्यकर्ता आत्मनिर्भर बनाउँ अनि मात्र जनतालाई गएर उत्पादनमूलक कार्यमा जोडौँ । विदेशी एवं दातृ निकायहरुसँग ऋण लिने वा भिख मागेर देश समृद्ध बन्न सक्दैन ।”

उनका अनुसार कर्णालीका डाँडापाखा ढाकिने गरी स्याउ तथा अन्य कृषि कार्य गर्न सकिन्छ तर अचेल कम्युनिष्ट नेतामा आवारा प्रवृत्ति बढ्दै गएको छ ।

नेता विप्लवले भने, “जनतामा जाँदा हरेकले माओवादी एक हुनुपर्ने इच्छा व्यक्त गरेको पाइयो ।”

उपयोग र निषेधवादी नीतिबाट नभई रुपान्तरणकारी सोच र उद्देश्यबाट माओवादी तथा कम्युनिष्ट एकता हुने र त्यो सम्भव रहेको महासचिव विप्लवले बताए । राजनीतिक गर्नेले श्रम गर्नुपर्ने भन्दै उनले जुम्लामा ७०० स्याउका बिरुवा रोप्नाका साथै कालीकोटमा भेडा फार्म उद्घाटन गरिएको जनाए ।

Skip This
Skip This
Logo