ओली एक अब्बल र लोकप्रिय राजनेता हुन् -पूर्वराष्ट्रपति भण्डारी

ओली एक अब्बल र लोकप्रिय राजनेता हुन् -पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलेले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी छन् ।

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् । उनले भनिन्, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।’

उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।

Logo