नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली मिजासिलो र सकरात्मक सोच भएको ऊर्जाशील व्यक्ति भएको भन्दै प्रशंसा गरेकी छन् ।
सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,‘केही गुनासो र आग्रह जहिल्यै राख्ने गरेको छु । उहाँले मजाले ग्रहण गरिदिनुहन्छ । अहिले यहाँ मिजासिलो र सकारात्मक ऊर्जाशील देखिरहेको छु ।’
प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेको अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
यसैगरी गायक एवं अभिनेता प्रकाश सपूतले सपना देख्न, प्रगति गर्न, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी रहेको बताए ।
उनले भने,‘अरु कुराहरु छाडौं । उहाँको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका, कार्यकारी भएर देश चलाइरहनुभएको भूमिकालाई छाडेर व्यक्तिगत रुपमा उहाँलाई हेर्ने हो भनेपनि प्रेरणादायी लाग्छ । निराश भएर, गाउँमा जन्मिएको भनेर, बा–आमालाई गरिब देखाएर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि उहाँको जीवन प्रेरणादायी छ ।’
उनले ओलीको आत्मविश्वास,ऊर्जा र उमेरभन्दा बढी युवा सोच रहेको पनि बताए ।































प्रतिक्रिया