त्रिवि स्ववियु सभापतिमा माओवादी निकट अखिल (क्रान्तिकारी)को तर्फबाट प्रविन दाहालले उम्मेदवारी दिने

त्रिवि स्ववियु सभापतिमा माओवादी निकट अखिल (क्रान्तिकारी)को तर्फबाट प्रविन दाहालले उम्मेदवारी दिने

केन्द्रबिन्दु
339
Shares

काठमाडौं । आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)को तर्फबाट प्रविन दाहालले उम्मेदवारी दिने भएका छन् । अखिल(क्रान्तिकारी) जिल्ला समितिले केन्द्रिय क्याम्पसबाट स्ववियु निर्वाचनमा सहभागी हुन सभापतिको उम्मेदवारमा दाहाललाई चयन गरेको हो ।

अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका प्रविन दाहालले त्रिविमा हुने शैक्षिक सुधारका आन्दोलनमा अग्रणी भुमिका खेल्दैै आएका छन् । डिजीटल युगमा नेपालकै जेठो ठुलो विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लिनकोलागि त्रिवि नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्नमा उनको महत्वपूर्ण भुमिका रहेको छ । उनको नेतृत्वको आन्दोलनबाट परीक्षा नियन्त्रण कार्यालयले यही चैत्र अन्तिमबाट अनलाईन प्रणालीमा जाने सम्झौता गरेको छ ।

यस अघि महिनौ लाग्ने गरेकोमा ट्रान्कृप्ट सर्टिफिकेट आन्दोलन भएपछि १० दिनभित्रै पाउने व्यवस्था भएको छ । इयर ग्याप र ओभरल्यापिङका कारण पास भैसकेको विद्यार्थीसले नपाउँदा प्रविन दाहालकै नेतृत्वको आन्दोलनका कारण भएको सम्झौता बमोजिम ती विद्यार्थीले पनि ट्रान्सक्रिप्ट लिन पाउने व्यबस्थाको सुरुवात भएको छ ।

त्यसैगरि फिजिक्स पहिलो सेमेस्टरमा कुनै विषयमा वि माइनस वा सो भन्दा कम आएमा थेसिस गर्न नपाउने प्रावधान रहेको थियो । उक्त प्रावधान हटाई सबै विद्यार्थीले थेसिस गर्न पाउने व्यबस्था लागु गराउनमा पनि उनको अहम् भुमिका रहेको छ ।
उक्त व्यवस्था हटाउन त्रिविको फिजीक्स डिपार्टमेन्टमा दाहालको नेतृत्वमा झन्दै दुई हप्ता लामो आन्दोलन भएपश्चात सबै विद्यार्थीले थेसिस गर्न पाउने भएका छन् ।

उनले आफू पदमा नरँदा पनि शैक्षिक, विश्वविद्यालय, प्रसासनिक सुधारलगायतका विद्यार्थीका समस्यासँग जोडिएका मुद्दामा आवाज उठाउदै आएका छन् । यसबाट के प्रष्ट हुन्छ भने दाहाले स्ववियु सभापति जितेमा त्रिविमा अझै सकारात्मक सुधार हुने छ ।

त्रिविको सुधार मुख्य एजेण्डा रहेको बताउदै दाहालले भने “यस अधि नै त्रिवि सुधारका लागि अग्रसर रहँदै आएको छु, अब सवैको साथ र सहयोग पाएँ भने त्रिविलाई सवैको स्वीकार्य हुनेगरी सुधारको बाटोमा लैजान्छु ।” उनले आगामी दिनमा पनि आफ्नो एजेन्डाबाट पछि नहट्ने जानकारी दिए ।

दाहालले उम्मेदवारी घोषणा गरेपछि त्रिवि केन्द्रिय क्याम्पसका विद्यार्थीहरूबाट उनलाई समर्थन गर्ने लहर देखिन थालेको छ ।
त्यसो त यस पटक त्रिवि क्याम्पसको स्ववियु चुनाव रोचक हुने देखिएको छ । स्ववियु चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट सिद्धान्त भट्ट सभापतिको उम्मेदवार रहेका छन् भने माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रविन दाहाल सभापतिको दाबेदार हुन् ।

त्यसैगरी उज्वल खड्का स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । अन्य दलहरुले अझैसम्म कसलाई उम्मेदवारी बनाउने भन्ने टुुङ्गो लगाइसकेका छैनन् ।

Logo