‘प्रत्यक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिलाको सहभागीता बनाउन आवश्यक’ -उपसभामुख रानामगर

‘प्रत्यक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिलाको सहभागीता बनाउन आवश्यक’ -उपसभामुख रानामगर

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रत्यक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउनुपर्ने बताएकी छिन् ।

बुधबार काठमाडौंमा ११५ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले दिएको ३३ प्रतिशतमा पनि समानुपातिक विभिन्न अरु क्षेत्रबाट पनि रहनु चित्त नबुझेको भन्दै प्रत्येक्षमा लडेर राजनीतिमा आउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला आज हामी छौ,संविधानले दिएको तर, हामी ३३ प्रतिशतमा पनि समानुपातिक विभिन्न क्षेत्रबाट छौं कति चित्त बुझेको छैन् । त्यसैले ३३ प्रतिशतचाँही हामी महिलाहरु प्रत्येक्षमा लडेर राजनीतिमा आउनुपर्छ भने हरेक क्षेत्रमा आर्थिक रुपान्तरणमा, सामाजिक रुपान्तरणमा र राजनीतिक रुपान्तरणमा डटेर अगाडि बढ्नुपर्छ ।’

उनले आफू उपसभामुख भएतापनि बालबालिकाको लागि जीवनको गन्तव्य बनाउने भन्दै समाजप्रति गरेको समाजप्रतिको प्रतिबद्धता नबिर्सेको बताईन् । महिलाहरु नारी शक्तिको साथसाथै मातृ शक्ति पनि हुनुपर्ने उनको भनाई छ ।

उनले भनिन्, ‘संस्कृति रुपान्तरणमा पनि हामी डटेर लाग्नुपर्छ किनकी संस्कृति भाषा हाम्रो संस्कार हामीले विर्सनु हुन्न । म उपसभामुख भएतापनि मैले जुन प्रतिवद्धता गरेको थिए समाजप्रति बालबालिकाको लागि जीवनको गन्तव्य बनाउछु भन्ने त्यो मैले छोडेको छैन् । महिलाहरु नारि शक्तिको साथसाथै मातृ शक्ति पनि हुनुपर्छ ।’

Logo