काठमाडौं । कानूनव्यवसायी एवं राजनीज्ञ अग्नि खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
खरेल यसअघि नै पूर्वमहान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । खरेल यस अघि ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा महान्यायाधिवक्ता भएका थिए ।
झापाको गौरादह स्थायी घर भएका खरेल ०६४ र ०७० मा संविधानसभा सदस्य रहेका थिए । उनले प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री सम्हालेका थिए ।
उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।































प्रतिक्रिया