देश गणतन्त्रले होइन, राजा र जनता मिलेर बनाएका हुन् -ज्ञानेन्द्र शाही

देश गणतन्त्रले होइन, राजा र जनता मिलेर बनाएका हुन् -ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् ।

यस्तै, उनले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए । उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं । उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो । एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन । यसले जनतालाई प्रतिनिधित्व गर्दैन ।’

यसको साथै, प्रमुख सचेतक शाहीले एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफै मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उल्लेख गरे । उनले भने, ‘देशका ७७ वटा जिल्ला मध्ये ७६ जिल्लाका जनताले अझ भन्ने हो भने १६५ वटा निर्वाचन क्षेत्रमा १६४ वटा निर्वाचन क्षेत्रका जनताले केपी ओलीलाई प्रधानमन्त्रीको लागि भोट हालेको होइन । उहाँलाई एउटा निर्वाचन क्षेत्रको जनताले त्यो पनि प्रधानमन्त्री होइन, सांसदका लागि भोट हालेको हो । तर संविधान कस्तो बनाए भने आफै मिलेर खाने, कहिले हटाउन नमिल्ने बनाए । र्याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमिल्ने बनाए । पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढि युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता छ ।’

उनले देश गणतन्त्रले होइन राजा र जनता मिलेर बनाएको भन्दै अभिभावक बिनाको घर र राजा बिनाको देश कहिल्यै राम्रो हुन नसक्ने पनि दावी गरे ।

Skip This
Skip This
Logo